नियम १९
तालीम वापतको अड्ढ
(१) प्रहरी कर्मचारीलाई सेवास“ग सम्बन्धित कुनै दुई तालीम वापत देहाय बमोजिम बढीमा ७.५ अड्ढ दिइनेछ ः– तालीमको किसिम प्रथम श्रेणी द्वितीय श्रेणी तृतीय श्रेणी
(क) सेवाकालिन तालीम ३.७५ ३.२५ २.७५
(ख) अन्य तालीम ३.७५ ३.२५ २.७५
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पन्ध्र दिनभन्दा कम अवधिको तालीमको लागि कुनै अड्ढ दिइने छैन ।
(३) प्रहरी कर्मचारीले लिएको तालीमको श्रेणी नखुलेको भए निजलाई द्वितीय श्रेणी बराबरको अड्ढ दिइनेछ ।
(४) हाल कार्यरत पदमा लिएको तालीम वापतको अड्ढ एक श्रेणी माथिको बढुवाको लागि मात्र गणना गरिनेछ ।